Search for:
Tips & Advice

संकटकालको अवधिमा लगानीका अवसर

Pinterest LinkedIn Tumblr

अनौठो र अप्रत्याशित परिस्थितिलाई विचार गर्दै आज धेरै लगानीकर्ताहरू कुन ब्यवसायमा लगानी गर्ने र कुनमा नगर्ने भन्ने दुविधामा छन्। अर्थशास्त्रीहरू अब सम्भावित मन्दीको पक्षमा वकालत गर्दैछन, जसले लगानीकर्तालाई उपयुक्त निर्णय लिन असमन्जसको स्थितिको सामना गर्नु परिरहेको छ ।

निर्णयका छनौटहरू स्पष्ट छन्, मन्दी नजिकै छ र लगानीकर्ताहरूले उनीहरूको लगानीको रणनीतिमा “मन्दी” बारे विचार गर्नुपर्दछ, जुन हामीले विश्वव्यापी रूपमा सामना गरिरहेका आर्थिक संकटबाट पार पाउने एउटा महत्वपूर्ण उपाय हुन सक्छ। नेपाल जस्तो सानो विकासोन्मुख देशका लागि मात्र यो समस्या् होइन, वास्तवमा अमेरिका, चीन, जर्मन जस्ता पावरहाउस पनि यस असाधारण परिस्थितिमा नराम्ररी प्रभावित हुने निक्षित छ।

मन्दी भनेको यो होइन कि लगानी रोक्नु पर्दछ। कुनै सन्का छैन, हामी कठिन समयमा बाँचिरहेका छौं, यधपी इतिहास साची छ, जसबाट यस प्रकारको स्थितिमा पनि धेरै अवसरहरू सिर्जना भएको सन्दर्व हामीले पाउन सक्छौ।

आउनुहोस यहाँ केहि लगानीका रणनीतिहरु छलफल गराै जसले यस अवधिमा विवेकपूर्ण निर्णय लिन मद्दत पुर्‍याउन सक्छ:

निम्न जोखिम हुने लगानी

हामीलाई थाहा छ परिवर्तन अनियन्तृत छ, त्यसैले, जोखिमयुक्त प्रयोग र उच्च ऋण बोकेको कम्पनीमा लागनि उत्तम समय होइन। लगानीकर्ताले आफ्नो लगानी सुरक्षित रणनीतिमा ढाल्नु राम्रो हुन्छ, जसले कालन्तरमा समस्या नपरोस ।

यी असाधारण परिस्थितिहरूमा अत्यधिक सट्टा र उच्च ऋण भएका कम्पनीहरूमा खर्च नगर्नु राम्रो हुन्छ। सरल लगानीमा ध्यान केन्द्रित गर्नु राम्रो हुन्छ; साधाहरण ब्यपार नियम मा सम्लंन भई; सुरक्षित लगानी रणनीतिका लागि राम्रो नगद प्रवाह र कम ऋणको साथ कम्पनीहरूमा लगानी गर्दा यो समयमा फाइदा कमाउन सकिन्छ।

उपभोक्तालाइ दैनिक आवश्यक पर्ने उत्पादनहरूमा

यस अवस्थामा लगानीको मुख्य ध्यान आवश्यक वस्तुहरूमा हुन सक्छ, जुन उपभोक्ताको दैनिक उपभोगमा अति आव्श्यक छ र जस्तो अप्रत्याशित परिस्थितिमा पनि प्रभाव कम हुने गर्छ। यहाँ आवश्यक आईटमहरू भनेको मतलब सवै उत्पादनहरू हुन जस्तै खानाहरू र पेय पदार्थहरू, घरेलु सामानहरू, र स्वास्थ्यजन्य उत्पादनहरू हुन्। यसमा रक्सी र सुर्तीजन्य वस्तुहरू पनि समावेश गर्न सक्दछन्।

यी सामानहरू त्यस्ता उत्पादनहरू हुन्, जसका लागि उपभोक्ताहरूले कुनै असामान्य अवस्थामा पनि आफ्नो बजेट खर्च गर्न पछी हट्दैनन्। यस्ता सामान जहिले पनि माग हुने प्रबिर्तिका हुन्छन ।

कृषि उद्योगमा लगानी

यो सबैलाई थाहा भएकै कुरा हो, कोविड-१९ले विश्वव्यापी अर्थतन्त्रका विभिन्न पक्षहरुमा सोझो असर पारेको छ | तर अपबाध पनि नभएका होईनन जस्तै कृषि, औषधि उत्पादनहरू, आवश्यक वस्तुहरू र अरुमा खसै असर देखिएको छैन ।

हामीले अनुभव गरे अनुसार यस लकडाउन अवधिमा समेत कृषि उत्पादन र पशुपालन को अथाह माग छ। यो विकराल स्थितिमा पनि खाद्य र कृषि, स्वास्थ्य र चिकित्सा सम्बन्धित उद्योगहरू जस्ता क्षेत्रहरूलाई सामान्य WHO को स्वाथ्य प्रबधान प्रयोग गरी कुनै पनि बाधा बिना सञ्चालनको लागि अनुमति पएको छ जसबाट पनि कृषिको आझको महत्व बुझ्न सकिन्छ । कोविड-१९ले विश्वको कृषि क्षेत्रको महत्त्वलाई जोड दिएको छ किनभने यसले आर्थिक वृद्धिलाई समर्थन गर्न, रोजगारी सिर्जना गर्न र दिगो राख्न र निर्यातलाई बृद्धि गर्न सक्ने सम्भावना बोकेको हुन्छ।

विश्वभरि ताजा खाद्य पदार्थहरूको मागको कारण, लगानीकर्ताहरूले कृषि र पशुपालन क्षेत्रमा लगानी गरेर कमाईको प्रशस्त अवसर सिर्जना गर्न सक्छन ।

यो यस्तो आर्थिक क्षेत्र हो जसले विश्वको अर्थतन्त्रमा योगदान पुर्‍याउँछ र हामी आकर्षक राजस्वको आशा गर्न सक्दछाै, चाहे राम्रो वा नराम्रो जस्तो सुकै आर्थिक अवस्था होस्। त्यसैले, कृषि र पशुपालन उद्योग, अप्रत्याशित र संकतको यस अवधिमा पनि एक राम्रो लगानी रणनीति हुन सक्छ।

घर जग्गामा लगानी गर्ने

धेरै उद्योगहरूलाई यस महामारीले गम्भीर रूपमा असर गरेको देखिए पनि घर जग्गालाई उत्तम लगानिको विकल्पका रूपमा हेर्न सकिन्छ। जुन अन्ततः बुद्धिमानी पुर्व लगानी गरियो भने महामारी पछि राम्रो प्रतिफल प्रदान गर्न सक्ने एउटा उपयुक्त लगानी हुन सक्छ ।

मन्दीले सामान्यतया घर र जग्गाको मूल्यमा गिरावट निम्त्याउँछ, त्यसैले, लगानीकर्तालाई कम मूल्यमा सम्पत्ति किन्न र यसलाई महामारीको अन्त्यमा र मूल्य फेरि बढ्दा; धेरै उच्च मूल्यमा बेच्नको लागि यो धेरै राम्रो समय हुन सक्छ।

त्यती मात्र नभइ यो समयमा आफ्नो सम्पत्ति भाँडामा लाएर पनि असक्रियि आय कमाउन सक्छन्।

ई-वाणिज्य (E-commerce) र डिजिटल प्लेटफर्म;

डिजिटलाईजेसनको महत्त्वलाई यस अप्रत्याशित परिस्थितिको सामना गर्न एक विकल्पको रूपमा अत्यधिक जोड दिइएको छ। मानिसहरू यो स्थितिमा भेला हुन हिचकिचाउँदछन्, कोविड-१९ फैलाउनको लागी माध्यमको रूपमा साम्प्रदायिक उपस्थिति एक खतरा भएको छ।

भर्चुअल मार्ट, ई-वाणिज्य, डिजिटल प्लेटफर्म आजकल उच्च माग छ किनकि यसले बजारमा उपभोक्ताको शारीरिक उपस्थिति कम गर्न सक्छ। यस बाहेक,आहिले को समयमा परिस्थिति जे भए पनि हामी डिजिटलाईजेसन र टेक्नोलोजी बिनाको व्यापार कल्पना गर्न सक्दैनौं ।

हालको र भविष्यको बजारको सामना गर्न पनि डिजिटलाइजेशन लगानीकर्ताहरूको एक उत्तम उपाए हुन सक्छ।

फार्मा उद्योग

महामारिले प्रभाव पर्न नसकेको अर्को उधोग हो, फार्मा उधोग , महामारीले यसलाई सुस्त बनाउँन सकेको छैन बरु फार्मा प्रडक्ट को मागा उच्च देखिएको छ । वास्तवमा, हामिले यस अभूतपूर्व परिस्थितिमा पनि अधिक पैसा यस क्षत्रमा लगानी गरिएको देख्न पाउछाै ।

यसका साथै, राम्रो वा नराम्रो अर्थव्यवस्था जे भए पनि, फार्मास्यूटिकल उत्पादनको मागले यसको मूल्यमा् झन झन बृधी भइरहेको छ। विश्वव्यापी बजारमा देखिएझैं यस समबन्धी व्यवसायिक मानिस यसै समयमा अत्याधिक कमाउँदै आएका छन्, अवसरवादीहरूले पनि परिस्थितिगत व्यवसायको रूपमा कमाउने ठूलो माैका पाएको देखिन्छ।

त्यसैले, यस प्रकारको परिस्थितिहरूमा , फार्मा उद्योगले उच्च स्तरको अाय कमाएको देखिन्छ र सामान्य अवस्थामा पनि फार्मा कम्पनीमा लगानी गर्नु धेरै लाभदायक लगानी हुन्छ।

यी लगानीहरू हुन जुनमा तपाईं यस प्रकारको अभूतपूर्व परिस्थितिहरूमा पनि भरोसा गर्न सक्नुहुन्छ। यो समस्याको घडी हो, सबैजना र सबै क्षेत्रहरू यस बजारमा लडिरहन कार्यरत छन र महामारीको अन्त्य भएपछि ठूला विकल्पहरू खोज्दैछन्। आशा छ, माथिको रणनीतिहरूले लगानीकर्तालाई गुमाउन सक्ने जोखिमहरू कम गर्न मद्दत गर्दछ।

English Version

Write A Comment

Pin It