Search for:
Market News

७७ रोपनीमा चौधरी समूहले धापाखेलमा हाउजिङ बनाउँदै, घरको मूल्य ३.८० करोडदेखि ७ करोड रुपैयाँसम्म

Pinterest LinkedIn Tumblr

काठमाडौं। चौधरी समूहले निषेधाज्ञा खुकुलो भएसँगै ललितपुर धापाखेलमा निर्माणाधीन हाउजिङ परियोजना सीजी-लेक भ्यूको कामलाई गति दिएको छ। लामो समयदेखि काठमाडौं उपत्यकामा ठूलो हाउजिङ परियोजना आउन नसकेको अवस्थामा चौधरी समूहले त्यसलाई चिर्न खोजेको देखिन्छ।

आगामी डिसेम्बरसम्ममा मक-अप तयार गरेर ‍औपचारिक रुपमा बुकिङ खोल्ने तयारी सीजी प्रोपर्टिजको छ। चौधरी समूहले दुई चरणमा हाउजिङ निर्माण गर्ने जनाएको छ।

पहिलो चरणमा ४८ रोपनी ११ आनामा सीजी-लेक भ्यूमा ८७ वटा घरहरु निर्माण हुने कम्पनीकी मार्केटिङ म्यानेजर शारदा प्रसाईंले बिजमाण्डूलाई जानकारी दिइन्। समग्र परियोजनाको कुल जग्गाको क्षेत्रफल ७७ रोपनी हो। 

पहिलो चरणमा निर्माण हुने घरहरु चार आनादेखि ११ आनासम्ममा बन्ने बताइएको छ। घरहरुको बिल्टअप एरिया २५ सय वर्गफीटदेखि ३५ सय वर्गफीटसम्म रहेको प्रसाईंले बताइन। सबै घर साढे दुई तलाको हुने छन्।

‘घरहरु विभिन्न आठ वटा डिजाइनको हुनेछन्,’ प्रसाईंले भनिन्, ‘घरहरुको बाहिरको डिजाइन लगभग उस्तै हुने भएपनि उपभोक्ताहरुले भित्रको स्वरुप भने आफुअनुकूल परिवर्तन गर्न सक्ने छन्।’

चौधरी समूहले गत फागुनबाटै सीजी-लेक भ्यूको निर्माण सुरु गरेको भए पनि वैशाखदेखिको निषेधाज्ञाका कारण निर्माण केही प्रभावित भएको थियो। कम्पनीले तीन वर्ष भित्रमा पहिलो चरणको हाउजिङ परियोजना सकेर दोस्रो परियोजना निर्माण थाल्ने योजना बनाएको छ। घरहरुको न्यूनतम मूल्य तीन करोड ८० लाख रुपैयाँदेखि अधिकतम सात करोड रुपैयाँसम्म पर्ने प्रसाईंले जानकारी दिइन।

दोस्रो चरणमा कति वटा घर निर्माण हुन्छन् भन्ने बारे प्लानिङ भइरहेकाले टुंगो लागेको छैन। कम्पनीले परियोजना भित्र स्वीमिङ पुल, हेल्थ क्लब, ग्रोसरी स्टोर, वाकिङ ट्रयाकलगायतका सुविधा घरधनीहरुले उपयोग गर्न सक्ने बताइएको छ।

हाउजिङ भित्र सरकारले तोकेका न्यूनतम मापदण्ड हुनुका साथै परियोजनासँगै खाली सरकारी जग्गा रहेकाले खुला वातावरणको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ।

न्यूनतम आठ मिटर फराकिला सडकसहित खुला क्षेत्र परियोजा भित्र हुने बताइएको छ।

धापाखेलको यो परियोजनासहित सीजी प्रोपर्टिजले पछिल्लो समय नौ वटा प्रिमियम युनिटको भैंसेपाटी हाइट्स, २० वटा युनिटको सीजी भिल्ला फेज २ सुनाकोटी, २२२ युनिटको सीजी भिलेज आवास योजनाहरुको निर्माण अघि बढाएको छ। 

त्यसैगरी, सीजी प्रोपर्टिजले सिजी भिल्ला फेज १ सुनाकोटी हस्तान्तरण गर्ने चरणमा पुर्‍याएको छ भने हात्तीवनमा निर्माण गरेको अपार्टमेन्ट र हाउजिङसहितको सिटीस्केप भने हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ।

साभार: www.bizmandu.com

अन्य समाचार

Write A Comment

Pin It