Search for:
Lifestyle

के माइक्रोवेभमा खाना पकाएर खाँदा क्यान्सरको जोखिम हुन्छ ?

Pinterest LinkedIn Tumblr

आम धारणा के छ भने, माइक्रोवेभमा खाना तताएर वा पकाएर खानु हानिकारक हो । यसरी पकाएर खाँदा क्यान्सरको जोखिम हुन्छ । के यो सत्य हो वा अफवाह मात्र हो ? के वास्तवमै माइक्रोवेभमा खाना तताएर खानु स्वास्थ्यका लागि हानिकारक छ ?

पोषणविद्हरुले यसलाई केवल अपवाह मात्र हो भनेका छन् । अर्थात माइक्रोवेभमा खाना पकाएर खाँदा क्यान्सर हुन्छ भन्ने धारणा गलत छ । त्यसो भए यसमा खाना तताएर, पकाएर खानु उचित हुन्छ ?

पोषणविद् भन्छन्, ‘केही प्रकारका विकिरण हुन्छ जसमा अलग अलग किसिमको उर्जाको स्तर हुन्छ । जस्तो कि एक्स रेमा एकदमै धेरै उर्जा हुन्छ, जो डिएनए तोड्नमा सक्षम हुन्छ । यसलाई आयनकारी विकिरण भनिन्छ, जसमा क्यान्सरको जोखिम बढाउने तत्व रहेको हुन्छ । तर, माइक्रोवेभमा यस्तो कुनै नेगेटिभ उर्जा हुँदैन ।’ पोषणविद्का अनुसार माइक्रोवेभमा खाना पकाउनु एक सुरक्षित विकल्प हो ।

भोजनमा हुँदैन कुनै किसिमको रेडियोधर्मी

पोषणविद्का अनुसार माइक्रोवेभमा माइक्रोवेभ रेडियोधर्मी हुन्छ, जसले खानालाई तातो बनाउन सहयोग गर्छ । यसको अर्थ यो होइन कि यसले खानामा रेडियोधर्मी तरंग हुन्छ । माइक्रोवेभमा खाना पकाउँदा खानामा रहेको पानीका स–सना बुँदको कम्पनले तापमा बदलेर खानालाई तातो बनाउँछ ।

माइक्रोवेभमा खाना पकाउनुको फाइदा

माइक्रोवेभमा खाना पकाएर खानु फाइदाजनक छ । किनभने यसमा खाना पकाएर वा तताएर खाँदा कुनैपनि प्रोटोन वा इलेक्ट्रोन नष्ट हुँदैन । साथै यसले डिएनए नष्ट गर्दैन । यसमा खाना पकाउन एकदमै कम समय लाग्छ त्यसैले यसमा खानाको पोषकतत्व सुरक्षित रहन्छ । खाना पकाउने क्रममा तापमानलाई अवशोषित गरेर चाडै खाना तयार हुन्छ ।

टिप्स

माइक्रोवेभमा खाना तताउँदा काँचको भाँडा/वर्तन प्रयोग गरौं ।

माइक्रोवेभमा खाना तताउँदा बेला बेलामा खानालाई चलाउने गरौ ताकि धेरै तातो भएर खाना नटाँसियोस् । वा समान रुपले खाना तातियोेस्

अन्य लेख

श्रोत: Onlinekhabar

Write A Comment

Pin It