Search for:
Market News

डिजिटल प्रणालीबाट मुलुकभरका जमिन पुनः नापजाँच गरिने

Pinterest LinkedIn Tumblr

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले डिजिटल प्रणालीबाट मुलुकभरका जमिन पुनः नापजाँच गर्ने कार्य भइरहेको बताउनुभएको छ । मन्त्री अर्यालले मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि राष्ट्रियसभाका सांसदहरूले उठाएका प्रश्नमाथि बुधबार राष्ट्रियसभामा जवाफ दिँदै जमिनको नापनक्सा गर्ने कार्य विकसित पछिल्लो प्रविधिमार्फत् भइरहेको बताउनुभयो । उहाँले विगतको त्रुटिपुर्ण नापनक्साका कारण जनताले निकै अप्ठ्यारो झेल्नुपरेको चर्चा गर्दै भन्नुभयो, “नापनक्साको काम फित्ताबाट नभएर यन्त्रबाट गर्ने कार्यको शुरुआत गरिएको छ ।”

उहाँले यसै आर्थिक वर्षदेखि नेपालको सुदुरपश्चिम प्रदेशबाट ‘लाइडर प्रविधि’ मार्फत् नापनक्सा सुरु भएको सदनलाई जानकारी दिनुभयो । उहाँले सरकारी स्तरबाट पहिलोपटक यस किसिमको सर्भेक्षण गरिएको जानकारी दिनुभयो । उहाँले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गरिने बताउनुभयो । मन्त्री अर्यालले अब कानुनी रुपमै व्यवस्था गरेर भूमिहीन, सुकुम्बासी, दलितलाई जग्गा उपलब्ध गराइने बताउनुभयो । उहाँले भन्नुभयो, “भूमिहीन, सुकुम्बासी र दलितलाई एकपटकका लागि जग्गा उपलब्ध गराउन कानुनी रुपमै व्यवस्था गरेर अगाडि बढेका छौँ ।” उहाँले सरकारले पहिलोपटक भूमि बैङ्कको अवधारणा ल्याएको चर्चा गर्दै जग्गाको उपयोग र उत्पादकत्त्व वृद्धि गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ भूमि बैङ्क स्थापना गरिएको बताउनुभयो ।

Write A Comment

Pin It