Search for:
Market News

महानगर काठमाडौंले तोक्यो जग्गाको नयाँ मूल्य, कुन क्षेत्रको मूल्य कति ? (सूचिसहित)

Pinterest LinkedIn Tumblr

काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र पर्ने जग्गाको मूल्य हेरफेर गरेको छ। आगामी आर्थिक वर्षको बजेट तथा विनियोजन विधेयक २०७७ सार्वजनिक गर्दै महानगरले सम्पत्ति कर प्रयोजनका लागि जग्गाको प्रतिआनाका दरले मूल्य तोकेको हो।

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका प्रमुख सडक तथा सडकको दायाँबायाँका जग्गाको सम्पत्ति कर मूल्यांकनका लागि तोकिएको जग्गाको मूल्यअनुसार सबैभन्दा महंगो जग्गाको प्रतिआना मूल्य ५० लाख रुपैयाँ तोकिएको छ।

केशरमहल प्रवेशद्वार देखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपार्टी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालयपूर्व सूरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पुर्व विश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटोसँग जोडिएका, महेन्द्रसालिकदेखि काठमाडौं प्लाजासम्म मूलसडकसंग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना ५० लाख छ।

त्यस्तै माइतीघर, सिहदरबार पश्चिमगेट, पूतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मूलसडकसंग जोडिएका दायाँबायाँका जग्गाहरुको मुल्य पनि प्रतिआना ५० लाख रुपैयाँ छ।

जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वरा हुलाक, त्रिपुरेश्वरसम्मको मूलसडकसंग जोडिएका दायांवायांका जग्गाहरु, रत्नपार्क, पुरानो बसपार्क, शहीदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरु पनि सबैभन्दा महंगो देखिएको छ।

ज्ञानेश्वर देखि सानोगौचरण हाँडीगाउँ हुँदै विशालनगर चोक देखी धुम्वाराही चक्रपथ जोड्ने सडकका जग्गा प्रति आना २४ लाख रुपैयाँ मूल्यांकन गरिएको छ।

कालिमाटी चोक देखी बल्खु जोड्ने सडक र कालिमाटी कलंकी सम्मको मूलसडकसँग जोडिएका जग्गा प्रति आना २५ लाख रुपैयाँ मूल्यांकन गरिएको छ। सीतापाईलादेखि बल्खुसम्मको चक्रपथसँग जोडिएको जग्गा प्रति आना २५ लाख रुपैयाँ मूल्यांकन गरिएको छ।

प्रधानमन्त्री निवास रहेको बालुवाटार,प्रहरी तालिम केन्द्र देखी भाटभटेनी हुँदै कमलपोखरी सम्मका जग्गा प्रति आना २६ लाख रुपैयाँ मूल्यांकन गरिएको छ।

त्रिभुवन विमानस्थल र चक्रपथले छुने तीनकुने देखी सिनामंगल, गौशाला, चाबहिल सुकेधारा, नारायणगोपाल चोक, बसुन्धरा, सामाखुसी गोंगवु र नयाँ बसपार्क देखि बालाजु सम्मको चक्रपथले छुने जग्गा प्रति आना २८ लाख रुपैयाँ मुल्याङ्कन गरिएको छ। चाबहिल चोकदेखि जोरपाटी सम्मको मूलबाटोका जग्गा प्रति आना २८ लाख रुपैयाँ मूल्यांकन गरिएको छ।

ललितपुरको केन्द्र मानिने पुल्चोक, जावलाखेल र लगनखेल पनि सर्वाधिक महँगो ठाउँ हुन्। मन्त्री निवास रहेको पुल्चोक, सदरचिडिया घर भएको जावलाखेल र ललितपुरको केन्द्र लगनखेलको जग्गा प्रति आना २९ लाख रुपैयाँ मूल्यांकन गरिएको छ।

कुपण्डोलदेखि जावलाखेलहुँदै लगनखेल सम्म मूल सडकले छोएका सबै जग्गा प्रति आना २९ लाख रुपैयाँ मूल्यांकन गरिएको छ।

बैंक तथा वित्तीय सँस्थाको हब कमलादी क्षेत्र महँगो मूल्यभित्रै पर्छ। कमलादीका प्रज्ञा मार्ग, भीमनिधि मार्ग र कूलरत्न मार्गका जग्गा प्रति आना ३० लाख रुपैयाँ मूल्यांकन गरिएको छ।

पुरानोबानेश्वर देखि सिनामंगल, डिल्लीबजार देखी पुतलीसडक, सोह्रखुट्टे चोक देखि क्षेत्रपाटी, वसन्तपुरदेखि भोटेबहाल हुँदै टेकु जोड्ने मूल सडकका जग्गा प्रति आना ३० लाख रुपैयाँ मूल्यांकन गरिएको छ।

नयाँ बानेश्वर र आसपासका ठाउँमा सरकारी मूल्यांकन प्रति आना ३२ लाख रुपैयाँ कायम गरिएको छ। पुरानो बानेश्वर देखि गौशाला चोक सम्मको मूलबाटो, माईतीघर देखि सिंहदरवार दक्षिण ढोका हुँदै हनुमान स्थान सम्म, बालकुमारी पुलदेखि कोटेश्वर, तीनकुने, मिनभवन, बिजुलीबजार, थापाथली, त्रिपुरेश्वर हुँदै विष्णुमती पुल सम्मको मूलबाटोका जग्गा प्रति आना ३२ लाख रुपैयाँ मूल्यांकन गरिएको छ।

लैनचौरदेखि लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज हुँदै चक्रपथ छुने बाटोका जग्गा प्रति आना ३२ लाख रुपैयाँ मूल्यांकन गरिएको छ। नयाँबसपार्क देखि म्हैपी सम्मको मुलबाटोको जग्गाको मूल्य प्रति आना ३२ लाख तय गरिएको छ।

महाबौद्ध देखि गणेशमन्दिर हुँदै ईन्द्रचोक तथा पिपलबोट नयाँ बाटोको दायाँ बायाँका जग्गाको प्रति आना ३६ लाख रुपैयाँ सरकारी मुल्याङ्कन छ। न्यूरोड सँगै रहेको महाबौद्धमा साँघुरा गल्ली भएका कारण न्यूरोड मूल सडक भन्दा केही सस्तो मूल्यांकन गरिएको छ।

पुतलीसडक चोक देखि बागबजार रत्नपार्क सम्मको जग्गा प्रति आना ४० लाख रुपैयाँ सरकारी मुल्याङ्कन गरिएको छ। पुतलीसडकसँग जोडिएका पुरानो बसपार्क र सभागृह जोड्ने सडकसँग जोडिएका जग्गा प्रति आना ४० लाख रुपैयाँ मूल्यांकन गरिएको छ।

Write A Comment

Pin It