Search for:
Market News

घरजग्गा कारोबार रेकर्ड विन्दुमा, चैतमा झण्डै नौ अर्ब राजस्व संकलन, एउटै मालपोतले उठायो अर्ब

Pinterest LinkedIn Tumblr

काठमाडौं। घरजग्गा कारोबारलाई सरल बनाउँदै गएपछि पछिल्लो समय कारोबार संख्या र संकलित राजस्वको परिमाणले महिनैपिच्छे नयाँ नयाँ रेकर्ड बनाइरहेका छन्।

गत महिना पनि काठमाडौं उपत्यका लागयतका शहरी क्षेत्रमा घरजग्गाको कारोबार तीब्ररुपमा बढेपछि झण्डै नौ अर्ब रुपैयाँ राजस्व संकलन गरेर नयाँ रेकर्ड बनेको छ।

फागुन/चैत्र महिना घरजग्गा किनबेचको लागि अफसिजन मानिदै आएपनि गत वर्ष फागुन/चैत्रमा समेत ४/५ अर्ब रुपैयाँ राजस्व संकलन भएको नेपालको घरजग्गा कारोबारको इतिहाँसमा पहिलोपटक हो।

विगतमा फागुन/चैत्रमा मुस्किलले एक/डेढ अर्ब रुपैयाँ राजस्व संकलन हुने गरेकोमा गत वर्ष भने रजिष्ट्रेशन शुल्क मात्रै करिब पाँच अर्ब रुपैयाँ सम्म संकलन भएको छ। यो एकै महिनामा संकलन भएको हाल सम्मकै उच्च रजिष्ट्रेशन शुल्क हो।

उमेश श्रेष्ठले जग्गा बेच्दा ललितपुरलाई १० करोड बढी राजस्व
व्यावसायी उमेश श्रेष्ठले गोदावरीमा रहेको करिब २०० रोपनी जग्गा बेचेपछि ललितपुर मालपोत कार्यालयको राजस्वमा १० करोड रुपैयाँ भन्दा बढी योगदान भएको छ।

बिगतमा ३५ देखि ४० करोड रुपैयाँ सम्म रजिष्ट्रेशन शुल्क संकलन गर्दै आएको ललितपुरले चैत्रमा ५२ करोड रुपैयाँ भन्दा बढी रजिष्ट्रेशन शुल्क संकलन गरेको छ।

पुँजिगत लाभकर तर्फ पनि करिब २५ करोड रुपैयाँ राजस्व संकलन गरेपछि चैत्रमा ललितपुरको मात्रै पौने एक अर्ब रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ। ललितपुरको कूल राजस्व ७८ करोड रुपैयाँ संकलन भएको छ।

चैत्रमा उपत्यका बाहिर भन्दा भित्रनै बढी घरजग्गा किनबेच भएका छन्। ललितपुरमा मात्रै चैत्रमा ५ अर्ब रुपैयाँ भन्दा बढी मूल्यका ठूला ठूला प्रोपर्टी किनबेच भएका थिए। यसले पनि राजस्व संकलनमा ठूलो भूमिका खेलेको घरजग्गा व्यावसायिको भनाई छ।

ललितपुरमा ओमबहादुर घर्ती र उनको टिमले करिब ५०० रोपनी जग्गा खरिद गरेको स्रोतको दावी छ। गोदावरीमा उमेश श्रेष्ठ र उनका साथिहरुबाट करिब २०० रोपनी जग्गा किनेको उक्त समूहले ठेचोमा समेत थप करिब ३०० रोपनी जमिन किनेको स्रोतको भनाई छ।

यसले उपत्यकाको राजस्व संकलन ह्वात्तै बढाइदिएको छ। त्यसले गर्दा फागुनको तुलनामा चैत्रमा एक अर्ब रुपैयाँ बढी रजिष्ट्रेशन शुल्क र र डेढ अर्ब बढी कूल राजस्व संकलन भएको हो।

प्रक्रिया छोट्याउँदै राजस्व चुहावट रोक्दा सफलता
विभागले पछिल्लो समय अनलाइन प्रणाली लागु भएका सबै मालपोत कार्यालयमा भूसेवा केन्द्र सञ्चालन गर्न निर्देशन दिएको छ।

अधिकांस कार्यालयले सेवा सञ्चालनका लागि सूचना प्रकाशित गरेका छन् भने दर्जन बढी थप कार्यालयमा भूसेवा केन्द्रनै सञ्चालनमा आइसकेका छन्।

भूसेवा केन्द्र पनि सञ्चालनमा आउँदा राजस्व चुहावट रोकिएको र सेवा प्रवाह समेत छिटो छरितो हुँदा राजस्व संकलनमा उल्लेख्य सुधार भएको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए।

‘अहिले किनबेचको झन्जटिलो प्रक्रिया छोट्याएका छौ। पहिले २ दिनमा हुने काम अहिले एकै दिनमा गर्न सकिन्छ। यसले गर्दा कारोबार संख्या पनि बढेको र राजस्व संकलनमा समेत महिनै पिच्छे रेकर्ड ब्रेक भइरहेको हो’ पौडेलले भने।

Source: bizmandu.com

Write A Comment

Pin It