Search for:
Market News

कोरोनाले रोकेन घरजग्गा कारोबार, असारमा ४३ हजार घरजग्गा किनबेच

Pinterest LinkedIn Tumblr

कोरोना संक्रमणको बढ्दो त्रासका बीच पनि असारमा ४३ हजारभन्दा बढी घरजग्गा किनबेच भएका छन्।

काठमाडौं उपत्यकामा घरजग्गा कारोबार नगन्य रहेको भएपनि पूर्वको विराटनगर (मोरङ), इटहरी (सुनसरी) र जनकपुरमा तीन/तीन हजारको हाराहारीमा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ।

कार्यालय खुलेको सुरुवाती दिनमा किनबेच भन्दा दृष्टिबन्धक (जग्गा धितो राखेर ऋण लिने) को संख्या बढी भए पनि पछिल्ला दिनमा किनबेच गर्नेको संख्यामा सुधार भएसँगै घरजग्गा कारोबारले गति लिएको विभागले जनाएको छ।

जेठ २५ गतेदेखि आन्तरिक कार्यका लागि कार्यालय खुलेको समयमा पनि दैनिक १० देखि १५ वटासम्म धितो कारोबारको काम भइरहेका थिए।असार १ गतेदेखि सामान्य रूपमा खुलेका मालपोत कार्यालयमा पनि पहिलो हप्ता किनबेचभन्दा धितो कारोबार नै बढी भएको थियो। दोस्रो हप्तामा धितो र किनबेच बराबरी भएको थियो भने तेस्रो र चौथो हप्तामा धितोभन्दा किनबेच कारोबार बढी भएको थियो।

४३ हजार घरजग्गा किनबेच हुँदा २७ हजारभन्दा बढी धितो कारोबार भएका छन्। त्यसैगरि १७ हजार बढी धितो फुकुवा भएको विभागको तथ्याङक् छ।सामान्य अवस्थामा मासिक ५५ देखि ६० हजारभन्दा बढी घरजग्गा किनबेच, ४० हजारभन्दा बढी धितो कारोबार र २० हजारभन्दा बढी धितो फुकुवाको काम हुने गरेको थियो।

त्यस्तै मासिक २ अर्ब रुपैयाँ बढी राजस्व संकलन हुने गरेकोमा असारमा एक अर्ब हाराहारी मात्रै राजस्व संकलन भएको अनुमान गरिएको छ। धेरै महंगा घरजग्गा किनबेच हुने उपत्यकामा असारमा कारोबार कम हुँदा राजस्व पनि ह्वात्तै घट्ने विभागको अनुमान छ।

Write A Comment

Pin It