Search for:
Real Estate

बड्यो घर जग्गामा महिलाको स्वामित्व, १० वर्षमा दोब्बर, ३९ प्रतिशत जग्गाधनी महिला

Pinterest LinkedIn Tumblr

नेपालमा घरजग्गामा महिलाको स्वामित्व दर बढेको छ । दर्ता दस्तुरमा २५ छुट भएकाले घर जग्गामा महिलाको स्वामित्व १० वर्षमा दोब्बर भएको हो । अहिले कुल जनसंख्यामा ३९ प्रतिशत जग्गाधनी महिला रहेका छन् ।

महिलाका नाममा जग्गा दर्ता गर्दा दस्तुर २५ प्रतिशत छुटको व्यवस्था छ । यो छुटको प्रभाव जग्गा दर्तामा परेको छ । एक वर्षमा छुट रकम चार गुणाभन्दा धेरैले बढेको छ । जग्गाधनी महिलाको संख्या बढेर करिब ४५ लाख पुगेको छ । 

सरकारले घरजग्गामा महिलाको स्वामित्व तथा अधिकार बढाउन आर्थिक वर्ष २०६१/०६२ मा नयाँ नीति लियो । महिलाका नाममा जग्गा दर्ता गर्दा दस्तुर २५ प्रतिशत छुट दिने व्यवस्था गरियो । अझ एकल महिलाका हकमा थप १० प्रतिशत छुट  हुन्छ । यो नीतिगत व्यवस्थाको प्रभावस्वरुप जग्गाधनी महिलाको संख्या हृवात्तै बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार १ करोड १४ लाख कुल जग्गाधनीमध्ये जसमध्ये ४४ लाख ८८ हजार अर्थात ३९ प्रतिशत महिला हुन् । जबकि केन्द्रीय तथ्यांक विभागका अनुसार महिला जग्गाधनी २०५८ मा १२ प्रतिशत र २०६८ मा २० प्रतिशत थिए । 

महिला, दलित, ७० वर्ष माथिका ज्येष्ठ नागरिक र १८ वर्ष मुनिका व्यक्तिका नाममा जग्गा दर्ता गर्दा दस्तुर २५ प्रतिशत छुट हुन्छ । गत आर्थिक वर्ष ४ अर्ब ७० करोड रुपैयाा छुट प्रदान गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । अघिल्लो आर्थिक वर्ष छुट दिइएको रकम ८८ करोड रुपैयाा थियो । छुट रकममध्ये ८० प्रतिशत, महिलाका नाममा जग्गा दर्ता गर्दा दिइएको हो । छुटको व्यवस्थाले महिलाका नाममा जग्गा दर्ता गर्ने क्रम  बढेपनि त्यस्तो जग्गामा महिलाको नियन्त्रण भने अझै बढ्न नसकेको जानकारहरुको भनाइ छ । 

महिलाको नाममा दर्ता जग्गामध्ये कति प्रतिशतमा उनीहरुको नियन्त्रण छ ? यसको तथ्यांक कहिं कतै छैन । 

अन्य समाचार

Write A Comment

Pin It