Search for:
Vastu

घर वास्तु शास्त्रलाई अनुशरण गरेर बनाउन जरुरी: ९ टिप्स

Pinterest LinkedIn Tumblr
वास्तुशास्त्र प्राचीन विज्ञान हो । वास्तुशास्त्रले निर्देश गरेको कुरा विज्ञानसंगत हुने गर्छ । विश्वास गर्नेहरुले वास्तुशास्त्रलाई निकै माथिल्लो स्थानमा राखेका छन् । वास्त्रु शास्त्र परम्परागत विज्ञान नै भएको दाबी गरिन्छ । घर बनाउँदा वास्तुको साह्रै राम्रोसंग विचार पुर्याएर बनाउनेहरु धेरै छैन् । घरको वनावटले घरमा बस्नेहरुमाथि शारिरिक, आर्थिक र मानसिक असर गर्ने विश्वास छ । वास्तु शास्त्र भन्छ-जब मानिस एउटा घरमा बस्न थाल्दछ त्यो घरको खास उर्जाले उसलाई असर गर्न सुरु गर्दछ । त्यसैले घर वास्तु शास्त्रलाई अनुशरण गरेर बनाउन जरुरी छ ।वास्तुशास्त्रमा सहि तरिकाले घर निर्माणले धन कमाउने उपायहरु पनि बताइएको छ ।

टिप्स १
कुनै घर, बिल्डिङ वा कार्यालको दक्षिण पश्चिममा घरको सतह भन्दा तल पर्ने गरेर पानी ट्याङकी, स्विमिङ पुल वा पानीको संग्रह गर्ने कुनै चीज बनाउनु हुँदैन ।

टिप्स २
पैसा राख्ने, वाकस, दराज वा लकरलाई घरको दक्षिण वा दक्षिण पश्चिम भित्तामा राख्नुपर्छ ताकी उत्तर दिशा खाली फर्कियोस । उत्तर दिशा कुबेरको दिशा हो । यसरी पैसा राख्ने भाडो उत्तरतिर फर्काउदा पैसाको कमि नहुने विश्वास छ ।

टिप्स ३
कुनै पनि हालतमा घरको दलिन मुनि पैसा राख्नु हुन्न । यसले परिवारका सदस्यमाथि आर्थिक दबाब बढाउँछ ।

टिप्स ४
पैसा राख्ने बाकस, दराज वा लकरको अगाडी ऐना राख्नु फलदायी हुन्छ । यसले पैसालाई दोब्बर पार्ने सांकेतिक उत्प्रेरणा दिन्छ ।

टिप्स ५
घरको छानाको दक्षिण पश्चिमी भाग उत्तर पुर्वी भाग भन्दा उच्च हुनुपर्छ । अर्थात घरको छानो दक्षिण पश्चिम तिरबाट उत्तरपुर्वतिर ढल्किएको हुनुपर्छ ।

टिप्स ६
घरको दक्षिणी र पश्चिमी भित्ता उत्तरी र पुर्वी भन्दा अग्लो र मोटो हुनुपर्छ ।

टिप्स ७
घरको दक्षिण पश्चिम भागमा रुख रोप्नुपर्छ । यसले दुर्भाग्यबाट परिवार र व्यवसायलाई बचाउँछ ।

टिप्स ८
पानी चुहिने पानीको धारालाई तत्कालै मर्मत गर्नुपर्छ। यसले धन क्षयीकरण गर्दछ ।

टिप्स ९
घरको मुल ढोकालाई चिटिक्क पारेर सजाउनुलाई निकै शुभ मानिन्छ । घरभित्र बैजनी रंगको भाडाोमा विरुवा राख्नुलाई पनि शुभ मानिन्छ ।

Write A Comment

Pin It