Search for:
Tips & Advice

व्यवसायको लागि ऋण लिँदा ध्यान दिनु पर्ने कुराहरु के के हुन् ?

Pinterest LinkedIn Tumblr

आफ्नो व्यवसायको लागि लगानी जुटाउन धेरै प्रकारका उपाएहरु गर्न सकिन्छ जस्तै आफैले पैसा जम्मा गर्ने, घर-परिवार वा साथीभाईसंग सापटी लिने, वा बैङ्क तथा वितिय संस्थाहरुबाट व्यावसायिक कर्जा लिने, एन्जेल इन्भेष्टमेन्ट, क्राउड फन्डीङ्ग, सेयर, डिबेन्चर आदी । यी मध्य लगानी जुटाउनको लागि बैंकबाट ऋण लिने उपाय अलि बढी प्रचलित छ | यसका लागि निम्न केहि कुराहरूमा ध्यान दिनु पर्दछ जस्तै :

आफूलाई कति कर्जा चाहिन्छ मूल्याङ्कन गर्ने लिँदा

व्यावसायिक योजना बनाईसके पछि आफ्नो व्यवसाय सुरु गर्न कति कर्जा चाहिन्छ भन्ने कुराको टुंगो लगाउनु पर्दछ । त्यसको लागि आफूले लिने ऋण तिर्न सकिन्छ कि सकिन्दैन भन्ने कुराको पनि ख्याल राखनु पर्दछ । बैङ्कबाट ऋण लिनको लागि आफ्नो व्यवसायको वार्षिक आम्दानी, खर्च, सम्पत्ति, दायित्व र नाफा कति हुन्छ भनेर वित्तीय विवरण तयार पारी बुझाउनु पर्छ। र त्यसैको आधारमा बैङ्कहरुले ऋण दिनेकी नदिने भनेर निर्णय गर्छन् । तर बैंकहरुले यस्तो निर्णय गर्नु अगाडी आफूले पनि सकेसम्म अनावाश्यक ऋण नलिनको लागि आफ्नो आवश्यकताको राम्रो मुल्यांकन गर्नुपर्दछ । आवश्यकता भन्दा बढी ऋण लिँदा तिर्न नसक्ने बाध्यता हुन्छ भने कम ऋण लिँदा आफूलाई नपुग्न पनि सक्छ । त्यसैले आफ्नो वार्षिक वित्तीय विवरण तयार पार्दा राम्रो संग ध्यान पुर्याउनु पर्छ ।

सोधपुछ गर्ने

व्यावसायका लागि ऋण लिनु अघि एक भन्दा धेरै  बैक तथा वितिय संस्थाहरुमा गई ऋण लिनको लागि आवश्यक प्रक्रिया के हो, कति धरौटी राख्नु पर्छ, ऋण लिए बापत बुझाउनु पर्ने ब्याजदर के कस्तो छ भन्ने जस्ता कुराहरुको पनि जानकारी लिनु पर्दछ। नेपालमा थुप्रै बैंक तथा वितिय संस्थाहरु छन् जसले साना तथा ठुला व्यवसाय गर्नेहरुका लागि भनेर थुप्रै खालका ऋणहरु उपलब्ध गराउदछन् । ति मध्य सकेसम्म सस्तो ब्याजदर, नजिकै शाखा भएको र सरकारबाट मान्यताप्रप्त एवम् विश्वाशिलो बैंक तथा वितिय सस्थाबाट ऋण लिँदा उचित हुन्छ । राम्रोसँग सोधपुछ नगरी ऋण लिँदा पछि आफैलाई अफ्ठयारो पर्न सक्छ ।

 व्यवसायको योजनाहरू बनाउने

कुनै पनि कार्य सफल पार्नको लागि योजना बनाउन जरुरी छ, त्यस्तै  गरी व्यावसायको  सुरुवात गर्नु अघिपनि पूर्व योजनाको तयारी गर्नु पर्दछ। व्यावसायीक योजानामा कुन व्यावसाय, कति लगानीमा, कसरी गर्न सकिन्छ, यसको बाजार कसरी गर्ने, को-को व्यक्ति संलग्न हुने र यसबाट मासिक/बार्षिक कति आम्दानी हुन्छ भन्ने बारे सुरुमै उल्लेख गर्नु पर्दछ। यदी तपाईँले व्यावसाय गर्नको लागि राम्रो योजना बनाउन सफल हुनु भयो भने तपाईले आफ्नो व्यावसायमा लगानी गर्ने लगानीकर्ताहरुको मन सजिलै जित्न सक्नुहुन्छ। व्यावसायिक योजना हेरेर लगानीकर्ताहरुलाई तपाईको व्यावसायको बारेमा प्रष्ट हुन सजिलो हुन्छ । बैंक तथा बितीय संस्थाहरुले पनि हिजो-आज व्यावसायको लागि ऋण दिनु अगाडी तपाईसँग व्यावसायीक योजना बनाई बुझाउनु पर्ने नियम राख्ने गर्दछन् ।

 धितो राख्नन तयारी गर्ने

धेरैजसो बैंक तथा वितिय संस्थाहरुले ऋण दिनु अगाडी धितो राख्नु पर्ने प्राबधान बनाएका हुन्छन् । यदी तपाईँले बैकबाट नै ऋण लिने विचार गर्नु भएको छ भने त्यस्को लागि धितो राख्ने तयारी गर्नु पर्दछ। यदी आफ्नो घरजग्गा धितो मा राख्नने हो भने त्यस्को कागजपत्रहरूको तयारी गर्नु पर्दछ। हिजोआज ठूला बैंकहरुले आफ्नो वेबसाईटमा नै यस सम्बन्धि जानकारीहरु राखिदिएका हुन्छन् । जस्तै: हिमालयन बैंकको स्मल पर्सनल बिजिनेस लोन, ग्लोबल आई एम ई बैंकको  ग्लोबल स्मल बिजिनेस लोन.

अन्य समाचार

साभार: उद्यमी नेपाल

Write A Comment

Pin It