Search for:
Market News

आफ्नो घर ४४५ करोडमा बेच्दै अमेरिकी पपस्टार रिहाना

Pinterest LinkedIn Tumblr

आफ्नो घर ४४५ करोडमा बेच्दै अमेरिकि पप्स्टार रिहाना । रिहानाले आफ्नो उक्त घर २७.५ मिलियन पाउण्डमा बिक्रीमा राखेकी हुन। जसको नेपाली मूल्य चार अर्ब ४५ करोडभन्दा बढी हुन आउँछ। 

यसअघि उनले आफ्नो घरको मूल्य ३२ मिलियन पाउण्ड तोकेकी थिइन। तर, त्यो मूल्यमा घर बिक्री नभएपछि मूल्य घटाएकी हुन्।

यसको मूल्य ३२ मिलियन पाउण्डबाट घटाएर २७.५ मिलियन पाउण्ड तोकिँदा घर किन्नेहरू पनि आउन थालेका छन्। 

यो घरमा भित्रै जिम क्लब, १० वटा गाडी पार्किङ गर्न मिल्ने क्षेत्र पनि छ। त्यस्तै यो घर विकिरणमुक्त बनाइएको छ। यो घरका दुई तला केबल मनोरञ्जनका लागि मात्र छुट्याइएको छ। जहाँ मनोरञ्जका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको छ। 

पाँच तलाको यो घरमा सबै सेवा सुविधाको व्यवस्था छ। ल्याण्डस्कोट ग्राउण्ड, अन्डरफ्लोर हिटिङ तथा आगन्तुकका लागि लिफ्टको पनि व्यवस्था छ। 

उनको भान्साघर पनि निकै शानदार छ। आधुनिक जमानाको आधुनिक प्रविधियुक्त भान्सा छ। घरमा एक ठूलो बगैचा पनि छ। जहाँ आरामदायी बस्ने व्यवस्था मिलाइएको छ। त्यसका लागि पार्टी हलको पनि व्यवस्था छ। 

उनले आफ्नो घरको सुरक्षाको लागि सेक्युरिटीगार्ड पनि राखेकी छिन्। उनले एक निजी शेफ र हाउसकिपर पनि राखेकी छिन्। उनीहरूले चौबीसैघण्टा रिहानाको सेवामा तयार हुन्छन्। 

उनको यो बंगला आर्किटेक्ट जान शाँ जूनियरले डिजाइन गरेका हुन्।  

Write A Comment

Pin It