Search for:
Market News

घरजग्गा कारोबारमा नयाँ रेकर्ड, एकै दिन ५३ करोड बढी राजस्व संकलन, नौ हजार लिखत पारित

Pinterest LinkedIn Tumblr

काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवात हुनुअघिनै घरजग्गा किनबेच गरिसक्ने चापले कारोबारमा नयाँ रेकर्ड बनेको छ।

असार ३० गते बुधबार एकै दिन ५३ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागले नयाँ रेकर्ड बनाएको हो।

यस अघि सामान्य समयमा देशभरका कार्यालयबाट दैनिक १० देखि २० करोड रुपैयाँसम्म राजस्व संकलन हुँदै आएको थियो।

तर असार मसान्त सकिन केही दिन अघिदेखि भने कारोबारमा दिनदिनै नयाँ रेकर्ड बन्दै तोडिदै आएका छन्।

आइतबार करिब ३८ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले सोमबार ३६ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

मंगलबार ४३ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गरेकोमा बुधबार भने ५३ करोड २६ लाख रुपैयाँ बढी राजस्व संकलन गर्दै नयाँ रेकर्ड बनाएको हो।

आलोपालो सेवा दिँदा पनि दैनिक ९ हजारसम्म लिखत पारित गर्दै ५० करोड रुपैयाँ बढी राजस्व संकलन भएको यो नै पहिलोपटक भएको विभागले जनाएको छ।

अत्यधिक कारोबार बढेसँगै पछिल्लो चार दिनमा मात्रै विभागले पौने दुई अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।

यस अघि मासिक दुई लाख लिखत पारित गरेर ९ अर्ब रुपैयाँ सम्म राजस्व संकलन गरेको रेकर्ड छ।

तर असारमा भने दुई हप्ता मात्रै कार्यालय खुल्दा पनि ७/८ अर्ब रुपैयाँ हाराहारी राजस्व संकलन हुन सक्ने विभागको अनुमान छ।

असार ३१ गते बिहीबार पनि पूरा समय कार्यालय खुल्ने भएकाले बिहीबार एकै दिन थप ६० करोड रुपैयाँ हाराहारी राजस्व संकलन हुन सक्ने विभागको अनुमान छ।

अन्य समाचार

Source: Bizmandu.com

Pin It