Search for:
Real Estate

महाराजगन्जमा लक्जरी अपार्टमेन्ट, कति पर्ला मूल्य

Pinterest LinkedIn Tumblr

राजधानीको महाराजगन्जमा पाँचतारे होटलसहित अपार्टमेन्ट निर्माणाधीन छ । भ्याली पब्लिक स्कुल भएको जग्गामा होटलसहितको हाइ एन्ड लक्जरी अपार्टमेन्ट निर्माणको काम गुड कर्मा ग्रुप अफ कम्पनीजले सुरु गरेको हो ।

स्कुल रहेको ११ रोपनी जग्गामध्ये ६० प्रतिशत भूभागमा ‘ले मेरिडियन होटल’ बन्नेछ भने बाँकी ४० प्रतिशत जमिनमा ‘मेरिडियन अपार्टमेन्ट’ निर्माण हुनेछ । अपार्टमेन्टको बुकिङ डिसेम्बर अन्त्यसम्ममा खुलाउने गरी काम भइरहेको ग्रुपका अध्यक्ष कर्मा तेन्जिङले बताए ।

अपार्टमेन्टको डिजाइन र कन्सेप्ट तयार गरेर फिल्डमा काम सुरु भइसकेको छ । कर्मा का अनुसार ३/४ महिनाभित्र अपार्टमेन्टको स्ट्रक्चर निर्माण सुरु हुनेछ । अपार्टमेन्ट र होटलको डिजाइनको काम मुम्बइको नायक एन्ड एसोसिएटले गरेको हो भने निर्माणको काम स्वदेशकै निर्माण कम्पनीले गर्नेछन् ।

पहिलो चरणमा ८२ वटा अपार्टमेन्ट निर्माण गर्ने योजना छ । यी अपार्टमेन्ट २ बीएचके र ३ बीएचकेका हुनेछन् भने क्षेत्रफल एक हजार वर्ग फुट रहनेछ । अपार्टमेन्टमा जिम, साउन, स्विमिङ पुल, कम्युनिटी हल, गार्डेन एन्ड ग्रिन एरिया, पार्किङ, ग्रोसरीलगायत सुविधा हुने कर्माले बताए ।

अपार्टमेन्टको मूल्य प्रतियुनिट ३ देखि ५ करोडसम्म पर्ने अनुमान गरिएको छ । ग्रुपले दोस्रो चरणमा १९० वटा अपार्टमेन्ट बनाउने योजना अघि सारेको छ । होटल निर्माणको काम भने एक डेढ वर्षपछि सुरु हुने कर्माले बताए ।

होटल दुई तला बेसमेन्टसहित १४ तलाको हुनेछ जहाँ सुविधा सम्पन्न १५० कोठा हुनेछन् । होटलमा दुईवटा रेस्टुरेन्ट, दुईवटा बार, क्यासिनो, स्विमिङ पुललगायत सुविधा उपलब्ध गराइनेछ ।

भ्याली पब्लिक स्कुल कर्माका बुवा तेन्जिङ गुरुङले ३६ बर्षअघि सञ्चालनमा ल्याएका थिए । त्यस जग्गामा होटलसहित अपार्टमेन्ट बन्ने भएपछि स्कुल बनस्थली सर्ने भएको छ । स्कुलका लागि वनस्थलीमा ६ रोपनी जग्गा किनेर पूर्वाधार निर्माण भइरहेको अध्यक्ष कर्माले बताए ।

अन्य समाचार

साभार:सेतोपाटी

Write A Comment

Pin It