Search for:
Lifestyle

अस्तव्यस्त शहरमा हरियो ठाउँहरुको महत्व

Pinterest LinkedIn Tumblr

 सामान्य अर्थमा शहरीकरण हुनु भनेको विकासको गति वृद्धि भएको मानिन्छ तर अव्यवस्थित र अनियन्त्रित अनि योजनाविहीन शहरीकरणले शहरी सम्पदा र प्राकृतिक सुन्दरतामा ह्रास ल्याएको छ । शहरीकरणको गतिसँगै प्राकृतिक सम्पदा नाश हुन नदिई शहरी जनसंख्यालाई सोही क्षेत्रका स्रोत र साधन तथा पुर्वाधारले वहन गर्न सके मात्र त्यसले फाइदा  पुर्‍याउछ  । तर हाम्रो सन्दर्भमा ठीक विपरीत भएको देखिन्छ । जसका कारण फाइदाभन्दा बेफाइदालाई निम्त्याइरहेको छ । विगत चार दशकमा शहरी जनसंख्या पाँच गुणाले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । जनसंख्या वृद्धिकै कारण प्रकृतिले मानव कल्याण र स्वस्थ जीवनका लागि दिएको स्वच्छ हावाको गुणात्मक सुन्दरता प्रदूषित बनेको छ । 

वायु प्रदूषणले शहरी वातावरणलाई नराम्ररी गाँजेको छ । पुराना सवारीसाधनबाट निस्कने धुवाँ, उद्योग कलकारखानाबाट निस्कने धुवाँ–धुलो, कच्ची र खाल्डाखुल्डी सडक सबै अव्यवस्थित शहरीकरणका कारण हुन् । समग्र वातावरणमा तिनै धुवाँ–धूलो र सूर्यको किरणले गर्दा विभिन्न अस्वास्थकर ग्यासको उत्पादन भई मानव स्वास्थ्यlलाइ प्रतिकूल असर परेको छ । यस्ता प्रदूषणयुक्त ग्यास वायुमण्डलमा फैलिएपछि एकातर्फ पारिस्थितिक प्रणालीमा असर पर्छ भने अर्कोतर्फ जनस्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्दछ । वायु प्रदूषणले मानव देखि जीवजन्तु, रुखबिरुवा तथा ऐतिहासिक धरोहरमाथि समेत हानि पुर्‍याउछ। 

शहरीकरण हुनु नराम्रो होईन तर अव्यवस्थित शहरीकरणले कहाली लाग्दो समस्या निम्त्याउन सक्छ । त्यसैले शहरी क्षेत्रमा हरित क्षेत्रहरु( green space) हुनु जरुरी छ ।  विज्ञहरुका अनुसार सन २०५० कुन जनसंख्या को ६८ % शहरी क्षेत्रमा बसोबास गर्नेछन ।  त्यस्तै गरी बर्षिक रुपमा ४० लाख मानिसले वायु प्रदुषणका करण ज्यान गुमाउनु पर्ने छ जुन निकै नै नराम्रो कुरा हो । 

 शहरी क्षेत्रमा हरित क्षेत्रहरु( green space) हुनुका फाइदाहरु:

हरियालीले शहरलाई सितलता पर्दान गर्छ ।

शहरमा भयका बिभिन्न बस्तुले वतावरणलाई तताउछ जस्लाई हामी भूमण्डलीय उष्मीकरण अर्थात  ग्लोबल वार्मिंगको मुख्य कारण मानिन्छ ।  हरियाली क्षेत्रले  तातियको तापक्रमलाई सितल पार्न  मद्दत गर्छ र तापक्रमको अत्याधिक घटबढलाई नियन्त्रण गरिदिन्छ ।

धुवा धुलोलाई नियन्त्रण गर्छ ।

अव्यवस्थित शहरीकरण बड्दो जनसंख्या र सवारी साधनको चापले गर्दा हामी नराम्रो सँग वायु प्रदुषणको सिकार बनेका छौँ । रिसर्च  अनुसार धुँवाले जनावारलाई मात्र नभएर कृषिमा पनि नराम्रो असर गर्ने तथ्य सर्वजनिक भएको  छ ।  यदी शहर बिच केहि हरित क्षेत्र भयो भने केहि मात्रामा धुवाँ कम हुने बिज्ञहरुको भनाइ छ ।   

माटोको संरक्षण, उर्वराशक्ति र उत्पादकत्व बढाउँछ। ध्वनि, धुलो, धुवाँलाई अवशोषण गरी प्रदूषण नियन्त्रण गर्छ। हावाहुरीको वेगलाई पनि नियन्त्रण गर्छ। मौरी, चरा-चुरुंगी, अन्य लाभकारी जीवजन्तुको आश्रय र अस्तित्व सम्भव पारी पर्यावरणीय सन्तुलन र सुचक्र सुसंचालित पारिरहेका हुन्छन् ।

पानीको शुद्धता 

भूमण्डलीय उष्मीकरण अर्थात  ग्लोबल वार्मिंङको करणले गर्दा पानीका स्रोतहरु सुक्दै गएका छन । यदी शहरी क्षेत्रमा ठाउँ ठाउँ मा हरित क्षेत्रको निर्माण गर्न सके ग्लोबल वार्मिंङ घट्ने थियो र पानीको स्रोत सुक्ने थिएन ।

हरियालीले वर्षातको पानीलाई जमिनमा संग्रह हुन दिई अविरल मुहानको सिर्जना गराउँछ र बाढी-पहिरो, भूस्खलन नियन्त्रण गर्छ। पिउने पानीको प्राकृतिक प्रशोधन गराउँछ; बादल बन्न र वर्षा हुन सघाउ पुर्‍याउछ।  

हरित क्षेत्रले(Green space) गर्दा मानव स्वास्थ्यमा हुने फाइदा 

हरित क्षेत्र; सौम्य, सुन्दर, स्वच्छ, शीतल र शान्त वातावरणले मानिसको मनमा सुख, शान्ति, सन्तुष्टि, स्थिरता, सहिष्णु र सकारात्मताको भावना र व्यवहार जागृत र सुदृढ पारिदिन सक्छ । कला, साहित्य, संगीत, सद्ज्ञानका लागि साधना यस्तै पर्यावरणमा सफलीभूत हुने गर्छ। यसका अनेक असाधारण प्रमाण विद्यमान छन् । वृक्षहरूले सूर्यका हानिकारक परावैजनी किरणहरूलाई जमिनमा पुग्नबाट रोकी मानिसलाई संरक्षित गर्छन्।

कसरी शहरी क्षेत्रमा हरित क्षेत्र(Green space) सिर्जना गर्न सकिन्छ ?

यदी शहरमा बसोबास गर्ने हरेक  परिवारले आफ्नो घर आगाडी र छतमा प्रसस्त मात्रामा बृक्ष रोप्ने हो भने शहर आफै हरियो हुन्छ । यसका  साथै खाली ठाउँमा भौतिक संरचना निर्माण नगरी रुख रोपेर सानो बगैचामा परीनत गर्न सकिन्छ । हरेक टोलका मनिसहरु मिलेर कम्तीमा १ वटा हरियो पार्क निर्माण गरेमा बच्चाहरु लाई खेल्ने ठाउँ हुनुका साथै वतावरण प्रदुषण हुनुबाट बचाँउन सकिन्छ।  

 ग्रिन सिटी  बनाउनको लागि हरेक खोलानालाको छेउछाउ बिरुवाहरु रोप्न सकिन्छ । यसो गर्दा पानी पनि सफा हुन्छ र शहर हरियो पनि हुन्छ । सडकको छेउछाउ रुख हरु रोप्नु पर्छ जस्ले गर्दा धुवा र धुलो नियन्त्रण गर्न सकिन्छ।

Leave a Reply

Pin It