Search for:
Home Decor

साँघुरा बाथरूमका केही आकर्षक डिजाईनहरु

Pinterest LinkedIn Tumblr
बाथरुम घरको एउटा महत्त्वपूर्ण ठाउँ हो तर नेपालमा यस बिषयमा धेरै ध्यान दिएको पाइदैँन । अरु कोठाको लागि ठाउँ छुट्याउदा बाथरूमको लागि थोरै ठाउँ बच्ने गर्छ र सानो ठाउँ भएकाले यसको डिजाईनमा त्यती धेरै ध्यान पुग्दैन तर सानो ठाउँ भएर डिजाईन गर्नै नमिल्ने भन्ने हुँदैन आज संसार भरि थोरै ठाउँ तर आकर्षक डिजाईनमा मानिसहरु बिश्वास गर्छन । सबै घरको राम्रो डिजाईन तर बाथरूम व्यवस्थित नभए घरको डिजाईनमा के नपुगेको हो कि जस्तो भान हुन्छ। त्यसैले यस कमिको पुरा गर्न सानो ठाउँमा पनि शावर (shower) र बाथटबको व्यवस्था गर्ने गरेको पाईन्छ। साँघुरो बाथरुम अनि त्यसमा प्रयोग हुने सामान जताततै छरेर राख्नु भन्दा  त्यसको सट्टामा एउटा भ्यानिटी वा सामान राख्ने ठाउँ (vanity) राख्दा बाथरुम आकर्षक देखिन्छ ।

यसरी सानो ठाउँमा पनि आकर्षक डिजाईनहरु अहिले नेपाल लगायत विश्वको धेरै देशमा प्रख्यात छन् जस मध्य केही डिजाईनहरु तल उल्लेख गरिएको छ ।

१: बाथरूममा कालो र सेतो रंग मात्र प्रयोग गरेर बाथरूमको भित्तामा केही भित्ते कागज (Wallpapers) को डिजाईन गर्दा बाथरुम फराकिलो र आकर्षक देखिन्छ । यसमा सेतो भ्यानिटि (vanity) राख्दा सुनमा सुगन्ध हुन्छ । यो डिजाईन (Maria Causey Interior Design)  मरिआ कौसीए इन्टेरिअर डिजाईनले तयार पारेको हो ।

२: बाथरूममा ग्राफइक्स् प्रयोग भएका बिभिन्न सिमेन्टका टायल प्रगोग गर्दा बाथरूम निकै आकर्षक देखिनुका साथै यसले बाथरूम फराकिलो भएको जस्तो अनुभुति दिलाउँछ । यो डिजाईन (loftus design) लोफ्टस् डिजाईन द्बारा  डिजाईन गरियको हो।

३: एउटा काठको भ्यानिटी र त्यसको मिथिल्लो भागमा करारा (carrara) मार्बल, भुइमा छ कुने (Hexagonal) आकारको टाइल र समुन्द्रमा आधारित केही चित्रहरुले भरिएको शावरको पर्दा (curtain) भएको डिजाईन पनि निकै उत्कृष्ट मानिन्छ । यो डिजाईन  यलडिय आर्किटेक्चर & इन्टेरिअर्स् (LDa Architecture & Interiors) ले तयार गरेको हो ।

४: मौरिजिओ पेल्लिज्जोनि (Maurizio Pellizzoni) ले तयार गरेको यस डिजाईनमा हल्का गुलाबी रंगको टायलले बाथटबलाई घेरेको हुन्छ । यसका साथै शावर भएको भित्ता तर्फ निकै आकर्षण चित्र कोरिएको हुन्छ । यो डिजाईन साँघुरो बाथरुमलाई आकर्षक बनाउँछ ।

५: यस डिजाईनको भुइमा खरानी रगको ग्राफइक्स् टायल प्रयोग हुन्छ र साथसाथै शावर को पर्दा मा बेल्जियम लिनेन प्रयोग हुन्छ ।

६: आरयस्साई किचन & बाथ (RSI Kitchen & Bath) द्बारा डिजाईन गरिएको यस बाथरूमको भित्तामा बिभिन्न रंग मिसिएको टायल्स् शावर र बाथटबलाइ छोपेको हुन्छ । यसमा शावर र टब एकै ठाउँमा डिजाईन गरिएको हुन्छ ।

७: ग्रेडिएन्ट अर्किटेक्चर (Gradient Architecture) द्वारा डिजाईन गरिएको यस डिजाईन उज्यालो र खुल्ला किसिमको हुन्छ । यसमा पनि शावर र बाथटब एकै ठाउँमा मिलाएर डिजाईन गरिएको हुन्छ । यसमा भित्तामा सामान राख्न मिल्ने तखत (storage) डिजाईन गरिएको हुन्छ ।

८: यलडिय आर्किटेक्चर & इन्टेरिअर्स् ( LDa Architecture & Interiors) द्बारा डिजाईन गरिएको यस बाथरूमको डिजाईनमा भित्तामा फोटो फ्रेम राखिएको हुन्छ भने शावरको पर्दामा अनियमित घेरा द्बारा केही आकार कोरिएको हुन्छ जस्ले बाथरूम फराकिलो र आकर्षक देखाउनमा मद्दत गर्छ ।

९: कस्टम किचनस् बाइ जोन विल्किन्स् (Custom Kitchens by John Wilkins) द्बारा डिजाईन गरिएको यस बाथरूमको डिजाईनमा सुर्यको प्रकाशलाई बाथरूममा छिर्ने व्यवस्था गरिएको हुन्छ र भ्यानिटिको माथि पर्ने गरेर एउटा बिभिन्न रंग मिसाएर बनाएको टायलको घेरो बनाइन्छ जस्ले बाथरूमको रंगलाई अझ चम्किलो पार्छ ।

१०: ओरे स्टुडियो (Ore studio) द्बारा डिजाईन गरिएको यस डिजाईनमा २ वटा भ्यानिटी र त्यस माथि २ वटा ऐना राखिएको हुन्छ यसका साथै शावरको पर्दाले यसलाई अझै आकर्षक देखाउँछ ।

यसरी माथि उल्लेखित डिजाईन मार्फत तपाईं पनि आफ्नो साँघुरो बाथरूमलाई आकर्षक बनाउन सक्नु हुन्छ । उल्लेखित बाथरूमका डिजाईनहरु (www.houzz.com) नामक वेबसाईटबाट साभार गरिएको हो ।

तपाईंहरुलाई माथिका डिजाईनहरु कस्तो लाग्यो त? आफ्ना बिचार कमेन्ट मार्फत ब्यक्त गर्न सक्नु हुनेछ साथसाथै यस बिषयमा केही सल्लाह वा सिझाब छन् भने पनि कमेन्ट गर्न नभुल्नु होला । यदि मन पर्‍यो भने सियर गर्नुहोला।

Write A Comment

Pin It