Search for:
Construction

आर्टिफिसिएल इन्टेलिजेन्स अर्थात एआई (AI) ले कसरी गर्दैछ निर्माण उद्योगलाई परिवर्तन ?

Pinterest LinkedIn Tumblr

अहिलेको समयलाई बिज्ञान र प्रविधिको समय भनेर चिनिन्छ । बिभिन्न क्षेत्रमा जस्तै बिज्ञान र प्रविधिले रिअल एस्टेट क्षेत्रलाई पनि छोएको देखिन्छ । निर्माण गतिविधिहरू मानव सभ्यता जत्तिकै पुरानो हो। मानव समाजको विकाससँगै निर्माण परियोजनाहरूको विधि, डिजाइन र कार्यान्वयन पनि विकसित हुँदै गएको देखिन्छ। टेक्नोलोजीले अहिले निर्माण उद्योगको कामहरू अझ बढी सुधृढ र सरल बनाइदिएको छ, तेस्का साथ-साथै परियोजनाहरू अझ सुरक्षित बनाउन मद्दत गरिरहेको छ।

आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगले निर्माणलाई थप संरचनात्मक र व्यवस्थित बनाउँदै गएको छ। कार्यस्थल अनुकूल बेबस्थापन गर्नदेखि, कार्यस्थल सुरक्षा सुधार गर्न, निर्माण सुविधाहरूमा गहन दृस्टृकोण राख्ने जस्ता कामले गर्दा, एआईले निर्माण क्षेत्रमा बढि प्रगति गरिरहेको पाईन्छ ।

नेपालको घर जग्गा र निर्माण परिदृश्यमा एआई अपनाउने गति ढिलो भयको देखिन्छ, तैपनि यो निर्माण प्रविधिको भविष्य हो भन्न सकिन्छ। जब नाफाको सिमा खस्किरहेको हुनेछ, र लागत कटौती अत्यावश्यक हुनेछ, यस्तो परिदृश्यमा एआई-सक्षम रोबोटहरूको प्रयोग गरि, स्वचालित लोड-गर्ने मशीन र ड्रोनले, मानव निर्भरता कम गर्न मद्दत गर्दछ।

घर जग्गा विकासकर्ता र निर्माण प्रबन्धकहरूले राम्रो डेटा अनुगमनको लागि स्मार्ट डेटा ब्याकड (Smart Data Backed) क्यामेराको प्रयोग गर्न शुरू गर्न थालेका छन् , जुन भविष्यमा नेपालमा पनि भित्रीने छ । टेक्नोलोजीको बढ्दो प्रयोगले लागत घटाउनेछ र रियल ईस्टेट विकासकर्तालाई समयमा परियोजना बिकास गर्न सहयोग पुर्‍याउँछ। ”

मेशिन-लर्निङ्ग (Machine learning) द्वारा मुल्यांकन कसरी हुन्छ??

मूल्य र डेटा लेनदेन (Transaction) पछि सम्पत्ति विशेषताहरू र भौगोलिक विशेषताहरूमा आधरित विस्तृत जानकारीका साथ पुन: मूल्य लागु गर्न कम्प्युटर एल्गोरिदम (Computer algorithm) प्रयोग हुन्छन । यी एल्गोरिदमहरू इकोनोमेट्रिक (Econometric) मोडेलमा वा कृत्रिम न्यूरल नेटवर्क (Artificial Neural Network) जस्ता अपेक्षाकृत “black box” डेटा विज्ञान उन्नतिमा आधारित हुन सक्छ। जब दुई सम्पत्ति मूल्य निर्धारणमा भिन्नता हुन्छन्, तेस्का कारकहरूको एक ठूलो संख्या छुट्याउन सकिन्छ, ति कारकहरु बाटै प्राभिधिक मुल्यान्कनको एल्गोरिदमहरु (Algorithms) बनाउन सकिन्छ. ।

सिद्धान्तमा, यी मूल्य निर्धारणका कारकहरूको संख्या धेरै हुन सक्दछन्, व्यावहारिक रूपमा कारकहरू संख्यामा कम हुन सक्छन् तर पनि, यी “कम खर्चिला ” मोडलहरू मानवद्वारा विश्लेषण गर्न गाह्रो हुन्छ । यदि पर्याप्त डेटा उपलब्ध छ भने कम्प्युटर त्यस्ता विश्लेषणमा उपयोगी हुन्छन्।

पहिले, मेशिनहरूले सम्पत्तिको डेटा लेनदेनको प्रशिक्षण सिक्छन्। यसको केन्द्रीय काम भनेको मूल्य निर्धारणमा महत्वपूर्ण ढाँचा पहिचान गर्न को लागी हो जस्तै; कसरी विशिष्ट कारक (जस्तै सम्पत्ति विशेषताहरु) सम्पतिमा घट्छ या बढ्छ? उनीहरूले पहिचान गरेर कुन कारकहरू मूल्य निर्धारणमा महत्वपूर्ण छन् वा कुन कारकले फरक पार्दैन भन्ने कुरा पत्ता लगाउछन्। अझ महत्त्वपूर्ण कुरा त, तिनिहरु भिन्न कारकहरू (वा उनीहरूको जटिल संयोजनहरू) लाई मात्र भिन्नतात्मक (difference) रूपमा “वितरण” गर्न सक्षम छन्।

संक्षेपमा, अविश्वसनीय गति र शुद्धताका साथ् , मेशिन शिक्षाले सम्पत्तिको गुणका दृष्टिकोणबाट मूल्य निर्धारण कारकहरुको प्रकृति संयोजन गर्दछन् । यसरी मेशिन-लर्निङ्गद्वारा गरिएको मुल्यांकनले डेटा (data) र एल्गोरिदमको (algorithms) सहयोगले कम त्रुटिपुर्ण सम्पति मुल्यांकन गर्न सक्छन् जुन मानवको मुल्यांकन भन्दा कम त्रुटिपुर्ण र निस्पक्ष हुन्छ ।

आर्टिफिसिएल इन्टेलिजेन्स (AI) ले निर्माण प्रबन्धकहरूलाई कसरी मद्दत गरिरहेको छ?

आर्टिफिसिएल इन्टेलिजेन्स निर्माण योजना, तालिका र प्रबन्धन डोमेनहरूमा बढ्दो रूपमा प्रवेश गर्दैछ। मोटामोटी रूपमा, एआईले निम्न क्षेत्रहरूमा मद्दत गरिरहेको पाइन्छ।

तालिका मिलाउन

निर्माण प्रबन्धकहरू चाँडै एआई उपयोगी ढङ्ले आफ्नो सञ्चालनका लागि धेरै महत्त्वपूर्ण कार्यहरू स्वचालित गर्न खोज्दैछन्। प्रोजेक्ट ब्यवस्थापकहरूले सम्बन्धित कार्यहरू अनुसूचित गर्न, विवाद र ढिलाइ रोक्न र अन्य मुद्दाहरूलाई रोक्न, एआईको सहयोग लिइरहेका छन्। साना निर्माण परियोजनाहरूका लागि जटिल निर्माण कार्यतालिका र प्रक्रियाहरू म्यानुअल रूपमा ह्यान्डल गर्न सकिन्छ । यद्यपि, बर्षौं सम्म खर्च हुने र अरबौंको लागतमा बनेको ठूला परियोजनाहरूको लागि, एआईले जटिल कार्यहरू र व्यवस्थापनको समन्वयका साथसाथै अप्रत्याशित र काम ढिलो भएकाले धेरै खर्च हुने प्रक्रियाको अन्त्य गर्नको लागि यस्को प्रयोग गर्न सकिन्छ।

ढाँचा पत्ता लगाउन

ढाँचा पत्ता लगाउने क्रममा मेशिन लर्निंगले उत्कृष्ट भूमिका खेल्न सक्छ। तालिकाको लागि प्रयोग भइरहेको आर्टिफिसिएल इन्टेलिजेन्स (AI) सफ्टवेयरको प्रयोगले प्रोजेक्टमा, ढाँचा र साधारण बनोटको तरिका पत्ता लगाउन मद्दत पुर्‍याउन सक्छ ।बिकसित मुलुकमा धेरै निर्माण प्रबन्धकहरू एआई (AI) प्रयोग प्रयोग गरेको पाइन्छ । यदि कुनै परिदृश्य र आकस्मिक योजना छ भने आर्टिफिसिएल इन्टेलिजेन्सले प्रोजेक्ट लाई छिटै पुरा गर्न मद्दत गर्छ ।

Write A Comment

Pin It