Search for:
Market News

सबै प्रदेश राजधानीमा जग्गाको सरकारी मूल्य एक करोड नाघ्यो, गण्डकी सबैभन्दा महँगो

Pinterest LinkedIn Tumblr

काठमाडौं। चालु आर्थिक वर्षका लागि प्रदेश राजधानी रहेका ठाउँको जग्गा १० देखि १५ प्रतिशत सम्म न्युनतम मूल्यांकन वृद्धि गरिएको छ। यो वृद्धिसँगै प्रदेश राजधानी रहेको जग्गाको सरकारी मूल्यांकन न्यूनतम पनि करोड नाघेको छ।

गण्डकी, सुदूरपश्चिम, वागमती र प्रदेश १ को राजधानीमा यस अघि नै प्रति कट्ठा एक करोड रुपैयाँ बढी सरकारी मूल्यांकन थियो। लुम्बिनी, प्रदेश २ र कर्णाली प्रदेशमा यो वर्षदेखि न्युनतम एक करोड रुपैयाँ सरकारी मूल्यांकन कायम गरिएको हो।

यो सँगै प्रदेश राजधानीमा सबै भन्दा महँगो गण्डकी प्रदेशको राजधानी पोखरा भएको छ। गण्डकी प्रदेशमा गत वर्षकै मूल्य अनुसार समेत प्रति कट्ठा दुई करोड ८७ लाख रुपैयाँ न्युनतम मूल्यांकन कायम थियो।

Pokhara capital of kaski district

यो वर्ष ५-१० प्रतिशत मात्रै मूल्यांकन बढ्दा पनि पोखरामा प्रति कट्ठा तीन करोड रुपैयाँ कायम भएको छ।

गण्डकीपछि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी सबैभन्दा महँगो राजधानी बनेको छ। धनगढीमा प्रति कट्ठा एक करोड ५४ लाख रुपैयाँ न्युनतम मूल्यांकन कायम भएको छ। यस अघि एक करोड ४० लाख रुपैयाँ रहेको न्युनतम मूल्यांकन रहेकोमा चालु आर्थिक वर्षबाट एक करोड ५४ लाख रुपैयाँ पुगेको हो।

Surkhet Sudur Paschim

वागमती प्रदेशको राजधानी हेटौंडामा पनि गत वर्ष नै प्रति कट्ठा एक करोड १५ लाख रुपैयाँ सम्म न्युनतम मूल्यांकन कायम गरिएको थियो। अहिले १० प्रतिशत मात्रै मूल्यांकन बढ्दा पनि त्याहाँ प्रति कट्ठा एक करोड २५ लाख रुपैयाँ भन्दा बढी कायम हुने छ।

त्यस्तै प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा गत वर्ष नै प्रति कट्ठा एक करोड रुपैयाँ न्युनतम मूल्यांकन कायम गरिएको थियो। अहिले १० प्रतिशत मूल्यांकन वृद्धि हुँदा यहाँको न्युनतम मूल्य एक करोड १० लाख रुपैयाँ कायम हुने छ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा प्रति कट्ठा एक करोड पाँच लाख रुपैयाँ न्युनतम मूल्यांकन कायम गरिएको छ। गत वर्ष प्रति कट्ठा ९१ लाख रुपैयाँ रहेको जनकपुरको न्युनतम मूल्यांकन १५ प्रतिशतले वृद्धि गर्दै एक करोड रुपैयाँ नाघेको हो।

Janakpur pradesh no.2

सबैभन्दा कान्छो प्रदेश राजधानी बनेको लुम्बिनी प्रदेशको राजधानी दाङमा पनि २० प्रतिशतले वृद्धि गरेपछि प्रति कट्ठा एक करोड ७ लाख रुपैयाँ न्युनतम मूल्यांकन कायम भएको छ। यस अघि यहाँ प्रति कट्ठा ९० लाख रुपैयाँ थियो।

लुम्बिनी प्रदेशको प्रस्तावित राजधानी लमहीमा भने प्रति कट्ठा ६८ लाख रुपैयाँ न्युनतम मूल्यांकन पुगेको छ। त्यस्तै घोराहीमा प्रति कट्ठा एक करोड सात लाख रुपैयाँ न्युनतम मूल्यांकन पुगेको छ।

Butwal Lumbini Pradesh

सबैभन्दा सस्तो प्रदेश राजधानीमा कर्णाली प्रदेशको राजधानी सुर्खेत रहेको छ। सुर्खेतमा प्रति कट्ठा जग्गाको न्युनतम मूल्यांकन एक करोड रुपैयाँ पुगेको छ। यस अघि सुर्खेतमा प्रति कट्ठा ९० लाख रुपैयाँ न्युनतम मूल्यांकन थियो।

राजधानी नभए पनि प्रदेश राजधानीभन्दा महँगा छन् यी शहर


चितवनको भरतपुर महानगर कुनै प्रदेश राजधानी नभए पनि यहाँ प्रति कट्ठा दुई करोड ८० लाख रुपैयाँ न्युनतम मूल्यांकन पुगेको छ। यो पनि गत वर्षकै न्युनतम मूल्यांकन हो। यो वर्ष चितवनमा मूल्यांकन वृद्धि गरिएको छैन।

त्यस्तै नेपालको लाइफ लाइन भनेर चिनिने वीरगंज शहरमा पनि प्रति कट्ठा दुई करोड १० लाख रुपैयाँसम्म न्युनतम मूल्यांकन पुगेको छ।

त्यस्तै सुनसरीको इटहरीमा गत वर्ष नै प्रतिकट्ठा एक करोड ३० लाख रुपैयाँ न्युनतम मूल्यांकन कायम भएको थियो। यो वर्ष १०-१५ प्रतिशत मूल्यांकन बढ्दा मात्रै पनि यहाँ प्रति कट्ठा एक करोड ५० लाख रुपैयाँ हाराहारी मूल्य पुग्ने छ।

त्यस्तै बुटवल बजारमा पनि एक कट्ठा जग्गाको न्युनतम मूल्यांकन एक करोड ९ लाख रुपैयाँ पुगेको छ। बुटवल यस अघि लुम्बिनी प्रदेशको अस्थायी राजधानी तोकिएको थियो। यहाँ गत वर्षसम्म ९८ लाख रुपैयाँ न्युनतम मूल्यांकन रहेको थियो।

त्यस्तै धरान उपमहानगरपालिकामा पनि पछिल्लो दुई वर्षदेखि प्रति कट्ठा एक करोड ३२ लाख रुपैयाँ न्युनतम मूल्यांकन कायम गरिएको छ। यो पटक १०-१५ प्रतिशत बढ्दा पनि यहाँ करिब डेढ करोड रुपैयाँ न्युनतम मूल्यांकन कायम हुनेछ।

अन्य समाचार

Write A Comment

Pin It