Search for:
Lifestyle

भान्सामा दुर्घटना हुनबाट बच्न यस्ता सावधानी अप्नाउनुहोस् ।

Pinterest LinkedIn Tumblr

भान्सामा धेरै दुर्घटनाहरुपनि हुनेगर्छन, केही सावधानीका उपायहरु यसरी अपनाउनुस ।

भान्सामा सुतीको कपडा लगाई खाना बनाउनुपर्छ । सकिन्छ भने सुती कपडाको एप्रोन लगाउनु उत्तम हुन्छ । सिन्थेटिक कपडामा आगोले छिट्टै समात्ने र शरीरमा टाँसिने हुँदा भान्सामा त्यसको प्रयोग नगर्नु नै उचित हुन्छ । तातो भाँडा, कराही तथा प्रेसरकूकरलाई सुती कपडा वा नेपकिनको सहायताले झिक्नुपर्छ । तातो भाँडालाई कहिल्यै पनि साडीको सप्कोले झिक्नु हुँदैन ।

 चूलोमाथि भाँडा राखेर मात्र ग्यास बाल्नुपर्छ । भाँडा राख्नुअघि नै बाल्दा ग्यास त नोक्सान हुन्छ नै, साथमा अन्य दुर्घटना हुने सम्भावना हुन सक्छ ।

 भान्सामा साडी लगाएर भान्साघरमा काम गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले साडीको सप्को राम्रोसँग बाँध्नु आवश्यक छ ।

 आगो लागेमा तुरुन्त ग्यास बन्द गरी बिजुलीको मेन स्विच अफ गर्नुपर्छ ।

 भान्साघर सधैं सफा हुनुपर्छ । फोहोरले त्यहाँ साङ्ला, मुसा तथा कीराफट्याङ्ग्रा आउन सक्छन् । तिनकै कारणले पनि भान्छामा करेण्ट शर्ट हुन सक्छ । प्लाष्टिक, मिठाईका डिब्बालगायत फोहोर डष्टबिनमा फाल्नुपर्छ ।

भान्सामा दुर्घटना दूध उमाल्दा वा चिया पकाउँदा भान्सामै बसिरहनुपर्छ । फोन आउँदा वा डोरबेल बज्दा ग्यास बन्द गरेर मात्रै बाहिर जानुपर्छ ।

 ह्याण्डिल भएको भाँडाको ह्याण्डिल समयसमयमा जाँच्नुपर्छ । आवश्यकता भएमा त्यसलाई समयमै मर्मत गर्नुपर्छ ।

टुटेफुटेको गिलास तथा मग प्रयोगमा ल्याउनु हुँदैन । हात काट्न सक्ने भएकाले त्यस्ता सामग्री डष्टबिनमा फाल्नुपर्छ ।

 आपत्कालीन अवस्थाका लागि भान्छामा एउटा टर्च अनिवार्य रूपमा राख्नु आवश्यक छ । भान्साघरमा पूजाको दियो बालेर छाड्नु हुँदैन । पूजा सकिएपछि दियोलाई घर बाहिरै राख्नुपर्छ ।

 चक्कु, सलाई तथा लाइटर आदि भान्साको निश्चित स्थानमा राख्नुपर्छ ।

 भान्साघरलाई सधैं सुक्खा र सफा राख्नुपर्छ ।

 भान्साघरमा एगजष्ट फ्यान राख्नुपर्छ । यसले भित्रको धूवाँ बाहिर फ्याँक्ने काम गर्छ । सम्भव भएसम्म चिम्नी राख्नु नै उत्तम हुन्छ ।

 भान्साको दराज तथा र्याकमा कपुरका टुक्रा राख्नुपर्छ, जसले गर्दा साङ्लाले दुःख दिँदैन ।

 भान्साघर मा चिल्लो पदार्थ झरे वा पोखिएमा तत्कालै टेल्कम पाउडरले सफा गरेर पुछ्नुपर्छ

अरु यस्तै लेख पढ्न यहाँ क्लिक गर्नुहोस । घर वा जग्गा किन्न, बेच्न वा भाडामा दिन बसोबास एप डाउन्लोड गर्नुहोस् ।

Write A Comment

Pin It