Search for:
Lifestyle

कोभिड-१९ प्रकोपको बेला नयाँ घरमा सर्न अपनाउनुहोस अनिवार्य सुरक्षाका उपायहरु

Pinterest LinkedIn Tumblr

यदि हालको संकटमा नयाँ घरमा सर्न छ भने, कोभिड-१९ भाइरस फैलनवाट बच्न सावधानी अपनाउनुपर्दछ। विश्व स्वास्थ्य संगठन (WHO) द्वारा जारी दिशा-निर्देशहरूको पालना गर्नुपर्दछ र संक्रमणलाई फैलन कम गर्नका लागि आवश्यक सावधानी अपनाउनु पर्दछ।

नयाँ घरमा सर्न सधैं रमाईलो हुन्छ। जे होस्, यदि तपाईं कोभिड-१९ महामारीको बीचमा स्थानान्तरण गर्ने योजना गर्दै हुनुहुन्छ भने संक्रमणबाट बच्न अत्यन्त सावधानी अपनाउनुपर्दछ। सम्भावित टचपोइन्ट्सलाई सेनिटनइजेसन गर्नुपर्छ र सामाजिक दूरी कायम गरि सरकारको निर्देशण अपनाउन जरुरी हुन्छ । पुनर्वासको दिनमा सबै सुरक्षा उपायहरू लिनुपर्छ । सहजताका साथै तनावमुक्त हुनका लागि सावधानीका साथ अगाडि बढ्नु उपयुक्त हुन्छ ।

कोभिड-१९ संकटको बीचमा घर पुनर्वासका लगि शीर्ष सल्लाहहरू:

कुनै सेवाहरू प्रयोग गर्दा सावधान हुनुहोस्

कोभिड-१९ प्रकोपले हाम्रो वरिपरि सबै कुराहरु परिवर्तनशिल भएका छन्। भाइरस, दूषित सतह वा संक्रमित व्यक्तिबाट सजिलै फैलिन्छ, त्यसैले तपाईंले भाडामा लिने सेवाहरूको तयारीको बारेमा जान्नु महत्वपूर्ण हुन्छ। उनीहरूले सन्क्रमण रोक्न कस्तो तयारी गरेका छन र अरु सावधानीहरूको बारेमा जान्न पहिला फोन कल मार्फत बुझ्न सकिन्छ। उदाहरणको लागी, उनीहरूले आफ्नो मास्क, पन्जा, बुट र सनिटेशन किटहरू स्थानान्तरणका दिनमा के के ल्याउँछन् र कतिजनालाई स्थानान्तरणमा समावेस गराउछन् भनेर सोध्नु जरुरी छ ।

भर्चुअल सर्वेक्षण

अहिले पहिलको जस्तो समय नरहेको हुनाले सरकारले घर भित्र रहन र सामाजिक दूरी कायम राख्न लगातार सल्लाह दिइरहेको छ। त्यसैले भिडियो कलबाट नै घरको सर्वेक्षण ,अनुगमन र त्यसवारे छलफल गर्न सबै भन्दा उपयुक्त तरीका हुन सक्छ। यसका साथै यसले सर्भेयरको यात्रा गर्ने समय र लागत बचत पनि गर्दछ। शारीरिक सम्पर्क र संक्रामक जोखिमलाई कम गर्ने भएकाले भर्चुअल भ्रमणको बारेमा ग्राहकको खोजी पनि पछिल्ला समयमा बृद्धि भएको बिज्ञहरु बताउछन ।

यसबाहेक, अग्रिम भुक्तानी र भविष्यका बिलहरूको लागि पैसा हस्तान्तरणको लागि डिजिटल मोडहरू प्राथमिकता दिनु उपयुक्त हुन्छ किनकि यसले नगद ह्यान्डलिंग सीमित गर्छ र रोग सन्क्रमण बाट जोगाउन सक्छ । साथै, तपाईंले शिफ्टिंग योजना स्थगित गर्नुभयो भने रद्द गर्ने नीतिबारे विस्तृत छलफल पहिले नै भर्चुअल्ली गर्न सक्नु हुन्छ।

घर सफा र कीटाणुरहित गर्नुहोस्

सावधानीका उपायहरू र सम्पूर्ण स्वच्छता दुबै यस समयमा अपरिहार्य भएको छ। तपाईले घरको सम्भावित खतरा क्षेत्रहरू जस्तै झ्याल , ढोका, कौसि, टेबुलहरू, भान्साका स्ल्याबहरू, फर्नीचर, लाइट र स्विचहरू, अन्यमा पनि सफा गर्नु पर्ने हुन्छ। घर सफा र कीटाणुशोधन गरेर एक जोखिम मुक्त वातावरणको निर्माण गर्नु यस समयमा अत्यन्त जरुरी रहेको छ। साथै, सेवा प्रदायकहरूलाई जबसम्म शिफ्त प्रक्रिया पूर्ण हुँदैन तव सम्म हात बारम्बार धुनलाइ अनुरोध गर्न उत्तम हुन्छ ।

छ फिट दूरी कायम राख्नुहोस्

प्याकिंग, लोडिङ र अनलोड गर्ने प्रक्रियाको साथ कामदारहरूसँग कम्तिमा छ फिट दूरी राख्नु अहिलेको समय उपयुक्त हुन्छ । शिफ्टिंग प्रक्रियाभरि मास्क, ग्लोभहरू लगाउनु र नियमित रूपमा आफ्ना हातहरू धुनु उत्तम हुन्छ । यदि घरमा बच्चाहरू वा कुनै कमजोर व्यक्तिहरू छन् भने, तिनीहरूलाई छुट्टै कोठामा राख्नुपर्छ। । झ्याल र ढोका खुला राख्नु वा वातावरण अनुकूलको तापक्रम समायोजित गर्नु उत्तम हुन्छ ।

अनप्याकिंग अघि तपाईंको नयाँ घरको कीटाणुशोधन (Disinfect) गर्नुहोस्

तपाईंको फर्निचर र अन्य सामानहरू सफा र कीटाणुशोधन गर्नुको साथ, कुनै पनि मानवीय सम्पर्कबाट बच्न सावधानीपूर्वक पृथक क्षेत्रको सबै प्याकिंग सामग्रीको डिस्पोजल गर्नुपर्छ। रोग नियन्त्रण र रोकथाम केन्द्रहरू अनुसार, कोरोनाभाईरस कार्डबोर्डमा २ घण्टासम्म र प्लास्टिकमा पनि २ घण्टासम्म सक्रिय हुन्छ। तसर्थ, कार्डबोर्ड बक्सहरू र प्लास्टिकलाई सुरक्षित रूपमा राख्नु आवश्यक छ। यदि सम्भव छ भने, तिनीहरूलाई छत, बाल्कनी वा खुला ठाउँमा तीन दिनसम्म छोड्नु् उत्तम हुन्छ।

यसबाहेक, फर्निचर र अन्य सजावटका वस्तुहरू सेटअप गर्नु अघि घरको प्रत्येक कुनामा र कुञ्जीमा कीटाणुरोधी स्प्रे छर्नु उचित हुन्छ । तपाईंलाई सफाई कार्यहरूमा मद्दत गर्न क्लिनरहरू राख्नु पनि एक उत्कृष्ट समय बचत र एक प्रभावकारी सेनिटेशनको विकल्प हो। यदि कोभिड-१९को कारण, त्यहाँ वरपर वर्तमानमा प्रतिबन्धित र सुरक्षाको दिशा-निर्देशहरू दिइएको छ भने, तपाईले स्थानीय रूपमा जारी गरिएको निर्देशन पालना र तपाईंको क्षेत्रको नियमहरू अनुसार काम गर्दा उचित हुन्छ ।

Write A Comment

Pin It